
खिमराज चालिसे, भारत ।
भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष २७ को सन्दिध अवश्थामा जनवरी ६, २०२६ को बेलुका ७.३० बजे मृत फेला परेका छन् । घटना पछि आफन्तले मूल प्रवाहसँग निष्पक्ष छानविन गरिदिन गुहार लगाएका छन्।
हाम्रा संवाददाता खिमराज चालिसेलाई फोन गरी पिडित परिवारका सदस्य दान बहादुर भुलले आफ्नो भतिज रमेश भुल जिकरपुरस्थित एउटा कोठीमा ड्यूटी पुगेको दुईघण्टा पछि मृत फेला परेको बताए । घटनाको प्रकृति हेर्दा मृत्यु हत्या भएको हुन सक्ने आशंका गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग न्यायको लागि दान बहादुरले गुहार लगाएका छन् ।
मृतक कंचनपुर जिल्लाको बेदकोट नगरपालिका २ महेन्द्रनगर दैजी बसन्तथला स्थायी निवासी भिम बहादुर भुलका छोरा हुन् ।
मृतकको शवलाई मार्चरीमा राखि मूल प्रवाहको प्रतिनिधि मण्डल र परिवारले प्रशासनलाई दवाव सृजना गरि निष्पक्ष छानविन गर्न पहल गरिरहेको मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडकाले बताएका छन् ।
















