सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिवसीय प्रशिक्षण तथा सदस्यता अभियानको आईतवार जनवरी ११, २०२६ का दिन कार्यक्रम सम्पन्न गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले दिप प्रज्वलित गरि उदघाटन गर्नु भएको थियो । सो प्रशिक्षणमा मूल प्रवाहको केन्द्रीय सदस्य धन बहादुर गोर्खाली केन्द्रीय सल्लाहकार जीतमान थापा, केन्द्रीय महिला विभाग कि सदस्य शुष्मा खड्का, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का र जमुना गाहा र नगर समिति सदस्य लक्ष्मण केसीले विभिन्न विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।
प्रमुख अतिथि कुल बहादुर बगालेले मूल प्रवाहले व्यापक सदस्यता वितरण अभियान र आम सर्वसाधारण नेपालीहरूको डाटा तथ्याङ्क संकलन अभियानबारे तथा राष्ट्रिय परिस्थिति सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम लक्ष्मण केसीको सञ्चालनमा तथा धन बहादुर गोर्खालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।