चार कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ?

विभिन्न ४ कम्पनीले लाभांश घोषणा गरेका छन् । कृषि विकास बैंक, पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेका छन् ।

१. कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

२. पोखरा फाइनान्स
पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ चार कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत
। कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

३. प्रोग्रेशिभ फाइनान्स
प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

४. सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार