पञ्जावको लुधियाना फोकलप्वाइन्टमा रक्तिमको नगर भेला

 चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलप्वाइन्ट नगर समितिद्वारा सञ्चालित रक्तिम विभाग लुधियाना फोकलप्वाइन्टको नगर भेला सम्पन्न भएको छ।

भेलाले नारायण पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय रक्तिम नगर विभागको पुनर्गठन गरेको छ । विभागका सदस्यहररूमा भगत विक, अर्जुन कार्की, शंकर परियार, हिक्मत परियार, गोविन्द परियार, निर्मला परियार, बल बहादुर, बसन्ती थापा, सम्झना र जनक रिजाल हुनुहुन्छ ।

नवगठित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य रामचन्द्र पौडयाल र जनक रिजाल, सिटी नगरबाट राजकुमार शाही र मान बहादुर थापा, जनजाति विभागका मान बहादुर आले, महिला विभागकी वसन्ती थापा लगाएत हुनुहुन्थ्यो ।

नारायण पोख्रेलको अध्यक्षता तथा अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत हिम्मत परियारले गर्नुभएको थियो । भेलामा प्रवासी नेपालीहरुबीच सांस्कृतिक मोर्चाले खेलेको भूमिका र रक्तिम विभागको आवश्यकता लगाएतका विषयमा व्यापक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार