मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ फरवरी २७/२८ मा हुन गइरहेको आठौं राष्ट्रिय सम्मेलनका तयारी तीब्र रुपमा अघि बढेको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप विभिन्न नगरहरुमा प्रचारात्मक भेला सम्पन्न भएका छन् ।
मूल प्रवाहले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरूको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय सम्मेलन गर्दै छ ।
चंडिगढ
ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलनको सफलताको लागि चंडिगढमा सम्पन्न भेलाबाट नगर अध्यक्ष मान बहादुर केसीको संयोजकत्वमा १५१ सदस्यीय प्रचार प्रसार उपसमिति तथा किसन खनालको संयोजकत्वमा ७ सदस्सिय आर्थिक उपसमिति गठन गरिएको छ ।
भेलामा सम्मेलनको ऐतिहासिक महत्वबारे केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय विभागकी सिमा खड्का, महिला क्षेत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, समता विभागका दुर्गा विक, रक्तिम विभागका लीला विक लगाएतले बोल्नु भएको थियो।
कार्यक्रम तेज बहादुर रोकाको सञ्चालन तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने किसन खनालले स्वागत गर्नु भएको थियो ।
लुधियाना सिटि र लुधियाना फोकलपाइन्ट
आठौं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी मूल प्रवाह लुधियाना फोकलप्वाइन्टमा राज कुमार अधिकारीको संयोजकत्वमा र लुधियाना सिटि नगरमा उदैसिंह चन्दको संयोजकत्वमा प्रसार प्रसारको लागि विस्तृत योजना बनाइएको छ ।
यहाँ आयोजित सम्युक्त भेलामा सम्मेलनको महत्वबारे मूल प्रवाह केन्द्रीय उपाध्याय हिरासिंह चन्द, केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, जनक रिजाल, राजकुमार अधिकारी, उदैसिंह चन्द, महिला क्षेत्रीय विभागकी दिपा चन्द, बिमला अधिकारी, नगर समितिका राजकुमार शाही, रक्तिमका नारायण पौड्याल, जनजाति विभागका मान बहादुर थापा, समता विभागका गोविन्द परियार, फोकलप्वाइन्ट नगर सचिब अर्जुन कार्की लगाएतले प्रकाश पार्नुभएको थियो ।
मान बहादुर आलेको सञ्चालन तथा धन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बल बहादुर केसीले गर्नुभएको थियो ।
हिसार
हिसारमा सम्पन्न भेलाबाट नगर अध्यक्ष नन्द बहादुर लम्तरीको संयोजकता मा १५१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ।
सम्मेलनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सल्लाहकार तारा सोमरे, सुदूरपश्मिोत्तर क्षेत्रीय सदस्य आत्म राम न्यौपाने, मोहन रसाइली, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य सेती राना, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला संयोजक निरु सारु, सिरसा नगरका शंकर गौतम, किसान महासंघका रुक बहादुर पराजुली, समता विभागका श्याम बहादुर विक, विद्यार्थी संघकी रक्षा सोमरे, रक्तिमका दिपा लम्तरी, जनजाति विभागका हरि गाहा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम लाल बहादुर चुदालीको अध्यक्षता तथा योगेन्द्र दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो भने केहर सिंह घर्तिमगर तथा रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो।
जालन्धर
मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज नगर समिती जालन्धरको आयोजनामा सम्पन्न आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक भेलाले नगर अध्यक्ष जीतमान थापाको संयोजकत्वमा १४९ सदस्यीय सम्मेलन प्रचारात्मक उपसमिति गठन गरेको छ ।
भेलामा मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली, महिला क्षेत्रीय विभागका मीना बगाले, जमुना गाहा, नगरका अमित सुनार, राजिन्द्र थापा, लक्ष्मण केसी, राजेश केसी, सन्तोष बुढा, इन्दिरा कुँवर, माया केसी, निर्मला केसी, लक्ष्मी थापा, सरस्वती आचार्य, मीना गाहा, रोशनी केसी, देव सिंह गुरुङ, सन्तोषी थापा, शान्ता चौधरी, सरिता सुनाम, अनु बुढा मगर, निर्मला पाण्डे, माया परियार र कमला घर्ती लगाएतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम लक्ष्मण खड्काको सञ्चालन तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तिल बहादुर थापाले स्वागत गर्नु भएको थियो ।
श्रीगंगानगर
यहाँ नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन प्रचारात्मक उप समिति गठन गरिएको छ ।
सो भेलामा विचार राख्ने वक्ताहरुमा केन्द्रीय सदस्य कृष्ण जिसी, केन्द्रीय परिषद सदस्य हुम वहादुर विक, क्षेत्रीय सदस्य वसन्त भण्डारी र विष्णु न्यौपाने, महिला क्षेत्रीय विभागका बागमती केसी, वबसन्ता नेपाली, कमला खडका, सावित्री विक, समता विभागका रेम नेपाली, नगरका चिन्तामणि भट्टराई लगायत हुनुहुन्थ्यो ।
कार्यक्रम हरि प्रसाद न्यौपानेको सञ्चालन तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने जागेस्वर न्यौपाने र रक्तिम कलाकारहरु ले स्वागत गर्नुभएको थियो ।