हिसार, २७ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार द्वारा सञ्चालित तिनवटा एरिया समितिको संयुक्त भेला भव्य रुपमा सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मैनबत्ती बालेर तालीको गढगढाहटमा बिच उदघाटन गर्नुभएको थियो। सो भेलामा नयाँ समितीहरुको नामावली केन्द्रीय सल्लाहकार तारा सोमरेले प्रतुत गर्नुभएको थियो ।
इन्डस्ट्रीयल एरिया समिति
यहाँ विष्णु गौतमको अध्यक्षतामा ११ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २१ सदस्यिय एरिया समिति निर्माण गरिएको छ । जस्माः उपाध्यक्ष– हरि गाहा, सचिव– नारायण न्यौपाने, सहसचिव– हिमलाल भुसाल, कोषाध्यक्ष– कमला बगाले र सदस्यहरुमाः लोक बहादुर दर्लामी, छत्र बहादुर सारु, अशोक विसी, दान बहादुर दर्लामी, यज्ञ प्रसाद भुर्तेल, शिव कुमाल र वैल्कपिक सदस्यहरुमा पार्वती पौडयाल, देव बहादुर ढेंगा, निरज क्षेत्री, विष्णु थापा, विमल घर्ती, सल्लाहकारहरुमा ओम प्रकाश खनाल, विजय वलाल, विष्णु, दल बहादुर र सागर भट्टराई रहनु भएको छ ।
सिटी एरिया ‘ए’
सिटी एरियामा ओम प्रकाश तिवारीको अध्यक्षतामा ११ पुर्ण र ४ बैकल्पिक गरि १५ सदस्यिय एरिया समिति निर्माण गरिएको छ । जस्माः उपाध्यक्ष– विष्णु जिसी, सचिव– विर सिंह पाण्डे, सहसचिव– कमल केसी, कोषाध्यक्ष– सिता पोख्रेल, सदस्यहरुमा तिलक सोनी, दुर्गा ज्ञवाली, उमा लम्तरी, राम बहादुर जिसी, जिवन सोमरे, प्रभुनाथ देवकोटा, बैकल्पिक सदस्यहरुमा निमाु घिमिरे, राम कुमार, मायाँ नेपाली, तारा बिक हुनुहुन्छ ।
सिटी एरिया ‘बी’
यहाँ केहर सिंह घर्ति मगरको अध्यक्षतामा ११ पुर्ण र ४ बैकल्पिक गरि १५ सदस्यिय एरिया समिति निर्माण गरिएको छ जस्माः उपाध्यक्ष– योगेन्द्र दर्लामी, सचिव– मन बहादुर घर्ति मगर, सहसचिव– पूर्ण थापा, कोषाध्यक्ष– प्रेम सुर्यवंशी मगर र सदस्यहरुमाः अनिल रास्कोटी, रिमा बगाले, चन्द्रा सोमरे, हरी थापा, मोहन घर्ति मगर, प्रित बहादुर बैकल्पिक सदस्यहरुमाः विमल मुखिया, बिर बहादुर कुमाल, दुर्गा कुमारी र सालिकराम कुमाल रहनु भएको छ ।
भेलामा शुभकामना मन्तव्य दिने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, मोहन रसाली, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य सेति राना, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, नगर समितिका बाबुराम शर्मा, महिला संयोजक निरु सारु, सिरसा नगरका शंकर गौतम, किसान महासंघका रुक बहादुर पराजुली, समता विभागका श्यामबहादुर विक, विद्यार्थी संघकी रक्षा सोमरे, रक्तिमका दिपा लम्तरी, जनजाति विभागका हरि गाहा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम लाल बहादुर चुदालीको अध्यक्षतामा तथा योगेन्द्र दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो भने केहर सिंह घर्तिमगर तथा रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो ।