चेन्नई, २८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समिति अन्तर्गत महिला बिभागका सदस्य कमला अधिकारीलाई एक सभा बीच स्वदेश बिधाई गरिएको छ ।
रितु भुसालको अध्यक्षता सन्तु बोहराको सञ्चालनबाट अगाडि बढेको सो विदाई कार्यक्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिका सचिब टिका थापा, नगर सदस्य लोक प्रसाद पराजुलीको आतित्थ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछी उपस्थित जनमानसलाई नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसालले स्वागत मन्तव्य दिनुभएको थियो ।
बिधाई कार्यक्रममा शुभकामना मन्तब्य राख्दै क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले मूल प्रवाह नेपालहरुको मुटुको ढुकढुकि हुनुका साथसाथै प्रवाशीहरुको एउटा सामाजिक घर पनि भएको बताउनु भयो । ‘आज तपाइले यो घर भित्र जो शिक्षा प्राप्त गर्नुभएको छ, त्यो शीक्षा मार्फत सबै प्रकारका आबसरबादीहरुलाई परास्त गर्दै अगाडि बढ्नु पर्ने समयको माग हो ।’ थापाले भन्नु भयो– स्वदेशमा फर्किसके पछि पनि ‘राष्ट्रिय जनमोर्चामा आबद्ध भही राष्ट्रियता र सर्बहारबर्गको पक्षमा सक्रिय रहन आग्रह गर्दछु ।” नगर सचिब टिका थापा, नगर सदस्य लोकप्रसाद पराजुलीले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा कमला आधीकारीले आफुले लामो समयसम्म मूल प्रवाह भित्र एउटा परिवारिक रुपमा रहेर काम गरेको र एकता समाजबाट प्राप्त गरेको शिक्षालाई खेर जान नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।