हिसारमा नेपाली संघ संस्थाहरुले गरे रोल्पाका दामोदरको दाहसंस्कार

हिसार, २९डिसेम्बर । हरियाणा प्रशासनले दिएको जानकारी अनुसार आत्महत्या गरेका दामोदर थापा नाम गरेका मृत व्यक्तिको दाहासंस्कार हिसारस्थित नेपाली संघ संस्थाहरुले गरेका छन् ।

प्रशासनका अनुसार मृतक थापा रुन्टिगरी गाउँपालीका, ढुबिडाँडा ५ रोल्पा, हाल शुभास नगर हिसार हरियाणामा पिजिमा कार्य थिए । आधार कार्डमा जनाइए अनुसार वर्ष ४० का दामोदर थापा लछी थापाका छोरा भएको पुष्टि भएको छ ।

उनी २८ डिसेम्बर २०२१ को आफू बस्ने कमरामा बेहोश अवस्थामा भेटिएका थिए । कमराको ढोका भित्रबाट बन्द गरेका निज व्यक्ति बेहोस अवस्थामा भएको हुँदा नजिकैको अर्बन स्टेट चौकिमा स्थानीयहरुले सूचना गरि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीहरुले सो कोठाको ढोका खोलेका थिए ।

 भित्र गएर हेर्दा केही मधिरापनका बोटल साथमा किटनाशक दवाईका केही पलास्टिक बोटलहरु भेटिएका थिए । उनको मृत्यु भइसकेको उपस्थित प्रशासनिक अधिकारी एवं संघ संस्थाका सामाजिक कार्यकर्ता र छरछिमेकमा बस्नेलाई लागे पनि तत्कालै हिसार जिल्लाको सरकारी अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरहरुले थापाको मृत्यू भइसकेको पुष्टि गरेका थिए । सामाजिक संघ संस्थाहरुको पहलमा पोष्टमार्टम र प्रशासानीक प्रकृया मिलाइएको थियो ।

मृतक थापाको २९ डिसेम्बर २०२१का दिन नेपालमा परिवारसँग सम्पर्क गरि वहाँहरु आउन नस्क्ने अवस्था भएको र दाहसंस्कार गर्ने अनुमती दिनुभएकोमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समितिको संयुक्त पहलमा आर्थिक संकलन गरि दाहसंस्कार गरिएको छ ।

नेपाल वहाँको श्रीमती एवं छोराहरुसँग भिडियो कलद्धारा सम्पर्क गरि दाहसंस्कारमा समावेश गराइएको मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरेले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार