चंडिगढ । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनलाइ केन्द्रीत गर्दै चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समितिले संगठनात्मक भेला सम्पन्न गरेको छ ।
उक्त भेलामा प्रमुख अतिथीको आशनबाट मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडेलले भेलाको उद्धेश्य तथा महत्वबारे प्रकाश पार्नुभएको थियो ।
भेलाले सुरेश आचार्यको अध्यक्षतामा ११ पुर्ण र २ बैकल्पिक सदस्यहरु रहेको १३ सदस्सिय एरिया समिति पुनर्गठन गरेको छ । जस्माः सचिव– माया आचार्य, कोषाध्यक्ष– करण थापा, सदस्यहरुमाः डि.वि. थापा, शिव घिमिरे, पुरन थापा, पुनम देवी आचार्य, होमबहादुर थापा, भिमबहादुर समाल, बुद्धि सोती, नरेन्द्र वलम्पाकी, बैकल्पिक सदस्यहरुमाः विष्णु प्रसाद र दिपक सुनार हुनुहुन्छ ।
उपरोक्त नामावलीको घोषणा क्षेत्रीय सदस्य प्रेम आचार्यले सारगर्भित विचार सहित गर्नुभएको हो ।
भेला सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा मूल प्रवाहका नगर अध्यक्ष मान बहादुर केसी, सचिव तेज बहादुर रोका, महिला क्षेत्रीय सदस्य सिमा खड्का, महिला नगर विभागकी सरस्वता भुसाल लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम माया आचार्यको सञ्चालन र सुरेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नरेन्द्र बलम्पाकीले दिनुभएको थियो ।