रोपड । मूल प्रवाहको आठौं राष्ट्रीय सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न पार्ने उदेश्यका साथ नगर समिति रोपडले प्रचारात्मक कार्यक्रम सम्पन्न पारेको छ ।
सो कार्यक्रमको अवसरमा ओमप्रकास सापकोटाको संयोजकत्वमा ७५ सदस्सिय प्रचार प्रसार उपसमिति, आर्थिक उप समिति समेत गठन गरिएको छ ।
उक्त सम्मेलनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले ऐतिहाँसिक आठौं अखिल भारत सम्मेलनले सबै खाले अवसरवादीहरुलाई पाखा लगाउँने बताउनु भयो । सबै खाले अवसरवादका विरुद्ध ऐतिहासिक सम्मेलनको प्रचारात्मक अभियानले अझै सशक्त सैद्धान्तिक संघर्षको आधी वेहरी सृजना गरिरहेको सापकोटाको थप भनाई थियो ।
उक्त भेलामा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य छबिलाल सापकोटा, शिबलाल लामिछाने, जनजाति क्षेत्रीय विभागका बिल बहादुर गुरुङ, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, क्षेत्रीय सदस्यहरु खगी थापा, लक्ष्मी गुरुङ, मन्जु थापा, रक्तिमका मदन थापा, नगरका प्रजापति सापकोटा, लालबहादुर थापा, रुपा कार्की, शकुन्तला थापाले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम ओमप्रकास सापकोटाको अध्यक्षता र विष्णु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नन्दलाल सापकोटाले दिनुभएको थियो ।