रेवाडीमा मूल प्रवाहको पहलमा कोरोना विरुद्धको खोप लगाइयो

रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको पहलमा रेवाडीका श्रमजीवी नेपाली नागरिकहरुलाई ३१ दिसंबर २०२१ दिन कोरोनाबाट बचाउन खोप लगाइएको छ ।

नगर समितिको पहलमा करीब ५० जनालाई पहिलो र दोस्रो डोजको टीका लगाईएको छ । होटल, कोठी या अन्य स्थानमा काम गर्ने यिनी नागरिकसँग कुनै पहचान पत्र नभएर कोरोनाबाट बच्न टीका लगाउन सकेका थिएनन् ।

यसभन्दा पहिला १९ सेप्टेम्बर २०२१ को दिन संगठनको पहलमा विशेष शिविर आयोजित गरी ४०२ जना नागरिकहरु जसमा ३२० जना नेपाली नागरिकहरुलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिएको थियो।

नगर सचिव ज्ञान प्रसाद भुसालको विशेष पहलमा सम्पूर्ण व्यवस्थापन गराउने काम भएको थियो । नगर अध्यक्ष रामबहादुर खड्का, सदस्य रूपेश रोका, विष्णु घिमिरे सहित अन्य साथिरुको सहयोग पहलमा सो कार्य सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार