सिरसामा मूलप्रवाहको आठौ राष्ट्रीय सम्मेलन प्रचारात्मक भेला सम्पन्न।

सिरसार, जनवरी २०२२। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को आगामी २७-२८ फरवरी एंव १ मार्च २०२२ को सम्पन्न गरिने अखिल भारत सम्मेलन प्रचारात्मक भेला हरु तिब्र गतिमा भारतका विभिन्न नगरहरुमा सम्पन्न भई रहेका छन!

हिजो मूलप्रवाहको राष्ट्रिय सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत सुदुरपश्चीमोत्तर क्षेत्रको सिरसामा केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यता मा प्रचारात्मक भेला सम्पन्न गरिएको छ।

भट्टराईले सम्वोधन को क्रममा कोरोना महामारीको बढदो प्रकोप तथा मुठ्ठीभर अवसरवादी हरुका विभिन्न जालझेललाइ चिर्दै मूलप्रवाह ले भारत व्यापी संगठन निर्माण र प्रचारात्मक अभियान संचालन गरिएको सन्दर्भमा अहिलेको आठौ अखिल भारत सम्मेलन को तैयारीले सबै कार्यक्रताहरु मा उर्जा थपिरहेको उल्लेख गर्नुभएको थियो।

सभालाइ सम्वोधन गर्ने अन्य वक्ताहरुमा शिव प्रसाद पोख्रेल, रवि सोनी, शंकरलाल गौतम, महिला विभागकी कमला सोनी, गिता विक लगाएत हुनुहुन्थ्यो। भेलाले विजय कुमार को संयोजकत्वमा ३५ सदस्सिय आठौ अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ।

कार्यक्रम कृष्ण वरालको संचालनमा तथा विजय कुमार को अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत शुरेश कुमार ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार