हिसार, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलमा भारतीय कुनै पनि पहिचान पत्र नभएका श्रमजीवी नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुलाई कोरोना भ्याक्सिन लगाउने कार्य सप्पन्न भएको छ ।
उक्त कार्यमा केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, सदस्य योगेन्द्र दर्लामी, लाल बहादुर चुदाली, मूल प्रवाहका सदस्य हरिस चन्दले सहयोग गर्नु भएको थियो।
कोरोना भ्याक्सिन कार्य सकिए पछी मूल प्रवाह नगर समितिको २०२२ मा श्रमजिवी जनतालाई संगठित गर्ने उद्देश्य सहित चलाइएको सदस्यता अभियानमा सदस्यता ग्रहण गराउने कार्य भएको छ ।