मूल प्रवाह कोचिन नगर समिति अन्तर्गत दुई एरियाको संयुक्त भेला सम्पन्न भएको छ

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत एर्णाकुलम क र खको भेला सम्पन्न भएको छ । जानकि देबि बिसिको अध्यक्षता र जनक बिसिको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई छबिलाल रोका मगरले गरेका थिए ।

प्रमुख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रिय समितिका सदस्य श्री रिखेन्द्र बिसिले संगठनको आवश्यकता माथि जोड दिदै हाम्रो संगठनमा प्रहार गरेर धावा बोलिरहने र संगठनलाई तहसनहस पार्न आतुर गरिरहने अराजक फुटपरस्तहरुलाई दरिलो एकमना एकताले प्रहार गर्न सकिने कुराको जिकिर गर्दै आसन्न २७, २८ फरवरी र १ मार्च २०२२ का दिन फरीदाबाद हरियाणामा सम्पन्न हुन गईरहेको आठौं अखिल भारत सम्मेलनलाई आर्थिक भौतिक र नैतिक रुपले सहयोग गर्न जोड दिनु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उदेश्य र नीति बारे बिषेश छलफल गरि १६ जना साथीहरुलाई नगर सचिव जनक बिसिले सदस्यता हस्तान्तरण गर्नुभएको थियो ।

साथै भेला द्वारा पारित एरिया समिति ‘क’ मा अध्यक्ष– जगत सारु मगर, उपाध्यक्ष– गोबिन्द नेपाली, सचिव– गोबिन्द प्रसाद रिजाल, कोषाध्यक्ष– आसाराम घर्ती मगर, पुर्ण सदस्यहरुमा ः देवराज रोका मगर, गोबिन्द प्रसाद चालिसे, जगत बहादुर रोका मगर, टेक बहादुर नेपाली, फन बहादुर घर्ती मगर रहनु भएको छ भने सल्लाहकार सदस्यहरुमा ः रिखेन्द्र बिसि र गणेश शर्मा पौडयाल रहनुभएको छ ।

त्यस्तै ‘ख’ एरिया समितिमा ः अध्यक्ष– जानकि देबि बिसि, उपाध्यक्ष– तिर्थराज घर्ती मगर, सचिव– चन्द्रिका घर्ती मगर, सहसचिव– सपना बुढा मगर, कोषाध्यक्षः मेघराज बिसि, पुर्ण सदस्यहरुमाः नारायण विक, गुमान सिंह घर्ती मगर, मिना घर्ती मगर, डिला घर्ती मगर, दिपक नेपाली सल्लाहकारमा ः जनक बिसी, तिलक बिस्ट, छबिलाल रोका मगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार