धमाधम मूल प्रवाहको आठौंं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाहरु भइरहेका छन्

चंडिगढ, १६ जनवरी । भारतमा कोरोना महामारीको बढदो प्रकोपका वावजुद मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी एंव १ मार्च २०२२ को सम्पन्न गरिने आठौंं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै विभिन्न नगरहरुमा प्रचारात्मक भेलाहरु तिब्र गतिमा सम्पन्न भई रहेका छन् ।

संगरुर,

मूल प्रवाहको आठौंं अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत सुदुरपश्चिमोत्तर क्षेत्रको संगरुर नगर समितिद्धारा आयोजित भेलालाई संबोधन गर्दै महिला क्षेत्रीय विभागकी सदस्य लक्ष्मी खनाल, डिलाराम पाण्डे, हेमन्त मरासनी, विकाश पाण्डे, राहुल विष्ट, लक्ष्मी विष्ट, गंगा आचार्य, सरिता भुसाल, पवित्रा बस्याल लगाएतले सम्मेलनको महत्वबारे गहकिला बिचार राख्नु भएको थियो ।

भेलाले खेमराज पोख्रेलको संयोजकत्वमा ४५ सदस्यीय आठौंं अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ।कार्यक्रम संगीता परियारको सञ्चालनमा तथा खेमराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत राहुल विष्टले गर्नुभएको थियो ।

डेराबसी,

यसै गरि डेरावसी नगर समितिको आयोजनामा सम्पन्न सभालाई सम्बोधन गर्दै मूल प्रवाह केन्द्रीय परिषद सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य काजीमान राइले सबै कार्यक्रताहरुले जोस जागर र उमंगका साथ सम्मेलन प्रचारात्मक अभियानमा जोडिन आग्रह गर्नुभएको थियो ।

भेलाले लोक बहादुर विकको संयोजकत्वमा १५ सदस्सिय आठौं अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ ।
कार्यक्रम गोविन्द भुसालको सञ्चालनमा तथा दिलमाया लुइटेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत श्याम धिमालले गर्नुभएको थियो।

हिसार,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आठौं राष्ट्रिय सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत रक्तिम बिभागको भेला सम्पन्न गरेको छ ।

भेलामा प्रमुख अतिथीको आशनबाट केन्द्रीय सल्लाहकार तारा सोमरेले सम्बोधन गर्दै साँस्कृतिक आन्दोलन वर्गिय आन्दोलनको सशक्त सैद्धान्तिक रुप भएको धारणा राख्दै कोरोना कालमा पनि जनतालाई गित संगितबाट प्रेरणा दिंदै आठौंं अखिल भारत सम्मेलनलाई उर्जा थप्नुपर्ने सारगर्भित विचार राख्नुभएको थियो ।

भेलाद्धारा निर्वाचित समितिको घोषणा नगर उपाध्यक्ष बाबुराम शर्माले गर्नुभएको थियो, निर्वाचित समितिमा संयोजक दिपा लम्तरी, सचिव रक्षा सोमरे र सदस्यहरुमा सपना ज्ञावली, कल्पना गाहा, निरु थापा, मनिषा विक, रेनु केसी, अप्सरा, निरु सारु, योगेन्द्र दर्लामी, सीता पोख्रेल, ज्ञानु दर्लामी र लाल बहादुर चुदाली रहनु भएको छ ।

निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिने वक्ताहरुमा क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने, क्षेत्रीय महिला बिभागकी सेती राना, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, बिष्णु गौतम लगाएत हुनुहुन्थ्यो । कार्यक्रममा भैलोलाई सहयोग गर्ने कलाकारहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रम निरु सारुको सञ्चालनमा तथा योगेन्द्र दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हो भने कमला बगालेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार