मूल प्रवाहको पहलमा श्रीगंगानगरमा नेपाली श्रमिकहरुलाई कोविड विरुद्ध खोप लगाइयो

चंडिगढ, १८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले आज ८५ जना परिचय पत्र विहिन नेपाली श्रमिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जीसी, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रक्तिमका नगर संयोजक हुम बहादुर विक, नगर अध्यक्ष गिरुप्रसाद न्यौंपाने, नगर सचिब बसन्त भण्डारी, नगर कोषाध्यक्ष रेशम भण्डारी, सदस्य जागेश्वर न्यौंपाने, सल्लाहकार सोनु केसी, महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, बाल संगठन संयोजक सुश्री संजना भट्टराई, विद्यार्थी लगाएतका नेता कार्यक्रताहरुले उपस्थितिमा परिचय पत्र विहिन नेपालीहरुलाई कोरोना विरुद्ध खोप लगाइएको हो ।

आज सम्पन्न सो खोप कार्यक्रम पछि धेरै नेपाली मजदुरहरुले खुसी प्रकट गरेको बताउँदै कोरोना विरुद्धको खोप अझै पनि परिचय–पत्र विहिन सबै नेपालीहरुलाई निरन्तर लगाइने जानकारी केन्द्रीत सचिब त्रिभुबन भट्टराईले दिनुभएको छ ।

सो भ्याक्सिनेशनका लागि मूल प्रवाह नगर समिति श्रीगंगानर र समाजसेवी खब्बीर खानको सक्रियता र चिफ मेडिकल एंड हेल्थ अफिसरको सहयोगमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार