अबोहर, २३ जनवरी । मूल प्रवाहको आठौ अखिल भारत सम्मेलन प्रचारात्मक कार्यक्रम अन्तर्गत आज सुदुर पश्चिमोत्तर क्षेत्रको अबोहरमा आयोजित दुईवटा छुट्टा छुट्टै भेलाहरुले विभिन्न विषयहरुमा व्यापक चर्चा सहित दुइ बटा समितिहरु गठन गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले छुट्टाछुट्टै दुइ स्थानमा आयोजित भेलामा मूल प्रवाहको राष्ट्रिय सम्मेलन तथा समाजको इतिहास र विधान एवं घोषणापत्र लगाएतका विषयमा समसामयिक प्रशिक्षण दिए पछि समितिहरु गठन गरिएका छन् ।
एरिया समिति,
अबोहर नगर समिति अन्तर्गत गलि नम्वर १५ मा आयोजित भेलाले गठन गरेको ११ सदस्यिय एरिया संगठन समितिको निर्माण गरिएको छ । जसमाः अध्यक्ष– जिवन विक, सचिव– कमल विक, कोषाध्यक्ष– सुन्दर विक र सदस्यहरुमाः कमल विक ‘क’, कमल विक ‘ख’, बाबुराम विक, केशव विक, सन्तोष विक, मनोज विक, सागर विक र सुनिल विक रहनु भएको छ । नामावली क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौपानेले घोषणा गर्नु भएको थियो ।
टोल समिति,
यसै गरि अबोहर नगर समिति अन्तर्गत सिताकुनामा भएको भेलामा विभिन्न समसामयिक विषयहरु माथी व्यापक छलफल पश्चात ५ सदस्यिय सिताकुना टोल समिति निर्माण गरिएको छ । जस्को घोषणा हुकुम बहादुर जीसीले गर्नुभएको थियो । नवगठित समितिमा अध्यक्ष– धन बहादुर एमसी, सचिव– शालिकराम एमसि, कोषाध्यक्ष– विक्रम भण्डारी, सदस्यहरुमा झकेन्द्र प्रसाद भण्डारी र गोरबहादुर जीसी रहनु भएको छ ।
कार्यक्रम गिरु प्रसाद न्यौंपानेको अध्यक्षतामा तथा हुकुम बहादुर जीसीको सञ्चालनमा सम्पन्न गरिएको थियो भने सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराईको पनि दुवै कार्यक्रममा आथित्यता रहेको थियो ।