जालन्धरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

जालन्धर, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर समिति जालन्धरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

२१औं शताब्दीको युगमा पनि उत्पीडित महिलाहरुले विद्यमान सामाजिक रूपमा झेल्नुपरेको अधिकारदेखि सामाजिक संरचना भित्र देखापर्ने समस्याहरु तथा भारतस्थिति महिलाहरुको समस्याप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको भूमिकाप्रति प्रशिक्षण गरिएको छ ।

उक्त प्रशिक्षणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कुल बहादुर बगाले तत्कालीन अवस्थामा महिलाहरुको विद्यमान समस्या बारे महिलाहरु स्वयं संगठित हुने बोल्ने लेख्ने र व्यक्तित्वको विकास गर्नपर्ने बारे प्रशिक्षण गर्नुभएको थियो ।

केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्काले मूल प्रवाहको इतिहास र संगठनको संरचना एवं आर्थिक नियमावली सम्बन्धि केन्द्रीय महिला विभाग शुष्मा खड्काले स्वास्थ स्वच्छता तथा जागरुकता हुनुपर्ने विशेष जोड दिनुभएको थियो ।

जितमान थापाले नेपाल भारतको सन्धि तथा इतिहासबारे प्रशिक्षण गर्नुभएको थियो एवं मधुकर भणडारीले सांगठनिक रुपमा महिलाहरुले एकल रुपमा आन्दोलन गरे पनि निश्चित रुपमा महिलाहरुको जित हुने बताउनु भयो ।

सो प्रशिक्षण कार्यक्रममा सरिता सुनामको अध्यक्षता शुष्मा खड्काको स्वागत मन्तव्य पछि अतिथि कुल बहादुर बगालेले उद्घाटन गर्नुभएको थियो भने सञ्चालन जमुना गाहाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार