हिसारमा मूल प्रवाहको संगठन विस्तार

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले प्रचारात्मक अभियानका क्रममा टोल समिति गठन गरेको छ । समाजको आठौंं राष्ट्रिय सम्मेलन (२७–२८ फरवरी र १ मार्च २०२२) लाई केन्द्रित गर्दै नगर समितिले संचालन गरेको प्रचारात्मक अभियान अन्तर्गत संगठन निर्माण गरिएको हो ।

इन्डस्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा नगर सदस्य लाल बहादुर चुदाली र सुरेश क्षेत्रीको पहलमा आयोजित भेलामा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरेले विधान तथा घोषणापत्र बारे स्पष्ट पार्नु भएको थियो । साथै, भेलामा आठौं अखिल भारत सम्मेलन लगायतका विषयमा व्यापक छलफल गरिएको थियो ।

भेलाले कृष्ण शाहीको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको सचिव गोविन्द पराजुली, कोषाध्यक्ष नारायण पुजारी, सदस्यहरुमा सूर्य कणेल, करन कुमाल, देव बहादुर कुमाल र नारायण घिमिरे रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार