पंचकुलामा मूल प्रवाहको संगठन विस्तार व्यापक

चंडिगढ, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत हिजो अभयपुरमा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाले टोल समिति गठन गरेको छ ।

नगर सदस्य नरेन्द्र बलम्पाकी र महिला सदस्य मायाँ बलम्पाकीको विषेश पहलमा आयोजित भेलामा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्यले मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन लगाएत समसामयिक विषयहरुमा क्लास दिनुभएको थियो ।

भेलाले भीम बहादुर समलको अध्यक्षतामा ११ सदस्यिय टोल समिति गठन गरेको छ । जस्मा ः सचिव– संदिप कुमार शर्मा, कोषाध्यक्ष माया बलम्पाकी, सदस्यहरुमा टेक बहादुर क्यागछकी, जानकी क्यागछकी, गंगा लंगेली, मनोज पुर्णासेनी, नरेन्द्र बलम्पाकी, रचना थापा, सिता शर्मा र एक स्थान रिक्त राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार