हिसारमा मूल प्रवाहको संगठन विस्तार

हिसार, ३० जनवरी । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत हिसारको सिटि एरिया “ए” अन्तर्गत जहाँर नगरमा एरिया समितिका अध्यक्ष ओमप्रकास तिवारीको पहलमा आयोजित भेलामा विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा सहित ९ सदस्यीय टोलसमिती ‘सी’ गठन गरिएको छ।

नवगठित समितिमा अध्यक्ष– सागर भुसाल, उपाध्यक्ष– ज्योति कुँवर, सचिव– इन्द्र भुसाल, सहसचिव– बसन्ती, कोषाध्यक्ष– निरुता थापा, कमल बिसि, दिपक मगर र दुर्गा तिवारी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार