पटियाला, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पञ्जाब राज्यको पटियालामा आज सम्पन्न मूल प्रवाहको नगर भेला द्धारा १७ सदस्यीय नगर संगठन समिति निर्माण गरिएको छ ।
भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडेलले करतार ध्वनीमा व्यानर खोलेर गर्नुभयो । वहाँले उद्घाटन गर्दै आठौं अखिल भारत सम्मेलनको ऐतिहासिक महत्व बारे चर्चा गर्नुभएको थियो । ‘फुटपरस्त गतिविधिहरुमा संलग्न मुठ्ठीभर अवसरवादीहरुका चरित्र उनीहरु आफैबाट नै उदांगिदै गएकोछ ।’ पौडेलले भन्नु भयो– ‘अरुलाई एउटा औंला देखाउँदा आफूतिर चारवटा औंलाहरु फर्किएका हुन्छन्, त्यसको सामाना गर्ने क्षमता छकिछैन त्यस आधारमा नै अरुलाई आरोप लगाउन सक्नु पर्दछ ।’ पौडेलले कतिपय व्यक्तिहरुले संगठनको अस्तित्वलाई नै नामेट पार्ने कोशिसमा लागेता पनि उनीहरुको दिवास्वपन भताभूंगभएको बताउनु भयो ।
भेलामा विभिन्न समसामयिक विषयहरु माथी व्यापक चर्चा पश्चात विष्णु भुसालको अध्यक्षतामा १७ सदस्यीय नगर समिति निर्माण गरिएको छ । जस्माः उपाध्यक्ष– रमेश घिमिरे, सचिव– गोपाल सपकोटा, सहसचिव– सरिता केसी, कोषाध्यक्ष– बिमला बञ्जाडे, सदस्यहरुमाः सुनील कुमार, रमेश घिमीरे, अर्जुन केसी, कविराम बञ्जाडे, दधिराम पाण्डे, बिष्णु रेग्मी, प्रवीन रेग्मी, खेम पुन, बिमल बञ्जाडे, पदम बोहोरा, जानकी भुसाल र बिमला रेग्मी रहनु भएको छ ।
कार्यक्रम महिला क्षेत्रीय सदस्य जमुना खनालको अध्यक्षतामा तथा क्षेत्रीय सदस्य प्रेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।