प्रवासी संघ परित्याग गरि मूल प्रवाहमा

  • कुरुक्षेत्रमा एकदेव गौतमको अध्यक्षतामा १३ सदस्यीय कुरुक्षेत्र नगर संगठन समिति निर्माण
  • कुरुक्षेत्र । प्रवासी संघ भारतका ५ जना नेता, कार्यकर्ता सो संगठन परित्याग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।

    हरियाणा राज्यको कुरुक्षेत्र नगर समिति सचिवसहित ५ सदस्यहरु सो संगठन परित्याग गरि मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । उहाँहरु लामो समयदेखि प्रवासी नेपाली संघ भारतमा सक्रियतापूर्वक काम गर्दै आइरहनु भएको थियो ।

    प्रवासी संघ भारत कुरुक्षेत्र नगर समितिका सचिव एकदेब गौतमको नेतृत्वमा सहसचिव दुर्गा सोमई, नगर सदस्य जगन्नाथ नेपाल र नगर सदस्य जयकिसन शर्माले प्रेस विज्ञप्ति जारी गरि प्रवासी नेपाली संघ भारतको वैचारिक श्रोत नेकपा (एमाले)ले कम्यूनिष्ट विचार परित्याग गर्दै क्रमिक रुपमा देशमा प्रतिगमनको दिशा समातेको हुनाले आफूहरुले सो संगठन छोडी नेकपा (मसाल) को राजनीतिक लाईन सहि भएको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको जानकारी दिनुभएको छ ।

    वहाँहरुले आज उपरान्त भारतस्थित नेपालीहरुको हक हितको निमित्त संघर्ष गर्दै अभिभावकको रुपमा स्थापित संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विधान घोषणापत्र एवं नीति र कार्यक्रम अनुसार काम गर्ने बताउनुभएको छ ।

    उहाँहरुलाई मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्यले आइतबार संगठनको सदस्यता प्रदान गरि मूल प्रवाहमा स्वागत गर्नुभएको थियो ।

    सोही दिन कुरुक्षेत्रमा एक भेलाद्धारा नगर समितिको गठन गरिएको छ । उक्त भेलाको अध्यक्षता हिरा बहादुर गुरुङ तथा सञ्चालन दुर्गा बहादुर सोमईले गर्नुभएको थियो भने कार्यक्रममा सहभागिहरुलाई ज्योति गुरुङले स्वागत गर्नुभएको थियो ।

    भेलाको उद्घाटन सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य प्रेम आचार्यले गर्नुभएको थियो । आचार्यले उद्घाटन मन्तव्यमा नेपालको तात्कालिक राजनीतिक स्थितिको बारेमा चर्चा गर्दै सत्तालोलुप अवसरवादीहरुले देशलाई संकटको स्थितिमा पुर्याएको बताउनु भयो । देशमा गणतन्त्र, राष्ट्रियताको रक्षा तथा भारतस्थित प्रवासी नेपालीहरुको हक अधिकारको निम्ती आठौं अखिल भारत सम्मेलनले ऐतिहाँसिक जिम्मेवारी पूरा गर्नेछ र त्यो जिम्मेवारीमा कुरुक्षेत्रका जनताको भूमिका जोडिने विश्वास व्यक्त गर्नुभएको थियो ।

    भेलाले एकदेव गौतमको अध्यक्षतामा १३ सदस्यीय कुरुक्षेत्र नगर संगठन समिति निर्माण गरेको छ । जसमाः उपाध्यक्ष- हीरा बहादुर गुरुङ, सचिव- ज्योति गुरुङ, कोषाध्यक्ष- दुर्गा सोमई, सदस्यहरुमाः जगनाथ नेपाल, सोम बहादुर गुरुङ, भीम बहादुर थापा, मेनुका गुरुङ, प्रेम बहादुर विक, दुर्गा गुरुङ र अन बहादुर बराल रहनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार