हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आफ्नो नगर स्थापनाको ४२औं स्थापना दिवस मनाएको छ । हिसारमा सन् १९८१ मा एकता समाज गठन भएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार तारा सोमरेले एकता समाजको केन्द्रीय समिती निर्माणको इतिहाससँगै हिसार नगर समितिको १९८१ मा स्थापना भएको बताउँदै स्थापना कालदेखि नै निरन्तर श्रमजीवी जनताहरुलाई आईपर्ने समस्यामा मूल प्रवाहले खेलेको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्नु भएको थियो।
सो सभामा देशको वर्तमान राजनीतिक स्थिति, भारतस्थित नेपालीहरुको अवस्था तथा मूल प्रवाहको योगदानका विषयमा महिला क्षेत्रीय विभाग सदस्य सेती राना, विद्यार्थी संघकी रक्षा सोमरे, सिटी एरिया अध्यक्ष केहर सिंह घर्ती मगर, इन्ड्रष्ट्रियल एरियाका सह सचिव हिमलाल भुसाल लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो । त्यसैगरी महिला विभाग सचिव सीता पोख्रेल, इन्ड्रष्ट्रियल एरिया कोषाध्यक्ष कमला बगालेले कविता प्रस्तुत गर्नु भएको थियो ।
निरु सारुको सञ्चालन र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समता विभागका संयोजक श्याम बहादुर विकले स्वागत गर्नु भएको थियो ।