पंचकुलामा मूल प्रवाहको संगठन विस्तार जारी

खिमराज चालिसे,
चंडिगढ,  ०९ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिती द्धारा संचालित पंचकुला एरिया समिति अन्तर्गत सुरजपुरमा आठौ अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत सम्पन्न भेलाले टोलसमिती गठन गरेको छ।

नगर सदस्य तथा एरिया अध्यक्ष सुरेस आचार्यको विषेश पहलमा आयोजित भेलामा मूलप्रवाह का क्षेत्रिय सदस्य प्रेम आचार्य ले मूलप्रवाह को आठौ अखिल भारत सम्मेलन लगाएत सम सामयिक विषयहरु मा क्लास दिनुभएको थियो। भने महिला क्षेत्रीय सदस्य तथा नगर संयोजक मायाँ आचार्यले नवनिर्वाचित समिती लाइ शुभकामना दिनुभएको थियो।

भेलाले हुम बहादुर थापाको अध्यक्षतामा ११ सदस्सिय सुरजपुर टोल समिती गठन गरेको छ। जस्मा सचिव कमला आचार्य, कोषाध्यक्ष पूनम, सदस्य हरुमा जगत गैरे, पुष्पा गैरे, दीपांशु थापा, सुरेश आचार्य, सागर नेपाली, नारायण सिंह, बाबूराम नेपाली रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार