जम्मु कश्मीर । आठौं अखिल भारत सम्मेलनको प्रचार प्रसारसँगै भारतको जम्मु कश्मीरमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठन विस्तार भएको छ ।
ऐतिहासिक आठौं अखिल भारत सम्मेलन (२७-२८ फरवरी र १ मार्च २०२२) मा हुन गैरहेको सम्मेलनलाई सफल पार्नको लागि प्रचारात्मक कार्यक्रमसहित संगठन विस्तारलाई एकता समाजले तिब्रता दिएको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जम्मू कश्मीर नगरका सल्लाहकार लिलामणी पोख्रेलको पहलमा आयोजित भेलाको उद्घाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले गर्नु भएको थियो ।
सो क्रममा बगालेले देशको वर्तमान परिस्थिति एवं मूल प्रवाहको लक्ष्य र उद्देश्यका साथै आठौं अखिल भारत सम्मेलनको विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र मुकुन्दप्रसाद गौतमले भेला सफलताको शुभकामना दिनुभएको थियो।
भेलाले १३ पूणर्, दुई वैकल्पिक गरि १५ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको अध्यक्षमाः रामबहादुर गुरुङ, उपाध्यक्ष- होमनाथ गौतम, सचिव- मेगबहादुर गुरुङ, सहसचिव- माया गुरुङ र कोषाध्यक्षमा- लीलामणि पोख्रेल चयन हुनुभएको छ ।
सदस्यहरुमाः डा.राज कुमार, हिमासु गुरुङ, शशिराम घर्तीमगर, किशन गुरुङ, किरण गुरुङ, शक्ति बुढामगर, निरा देवी र रोहित भण्डारी तथा वैकल्पिक सदस्यमा गंगाबहादुर थापा हुनुहुन्छ भने हाललाई एक स्थान रिक्त राखिएको छ । कार्यक्रम मेगबहादुर गुरुङको सञ्चालन तथा राजकुमारको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लीलामणि पोख्रेलले गर्नु भएको थियो।