भावपूणर् श्रद्धाञ्जली

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला क्षेत्रीय सदस्य लक्ष्मी गुरुङको श्रीमान मूल प्रवाह रोपड नगर समितिका सक्रिय सदस्य किसन बहादुर गुरुङको आज विहान रोपडको नहरमा खुट्टा चिप्लीएर दुर्घटना भई दुखद निधन हुन पुगेको छ ।

रोपड थर्मल प्लाल्टमा कार्यरत किसन बहादुर गुरुङ १९९० देखि मूल प्रवाह रोपड नगर समितिमा सक्रियता पुर्वक काम गर्दै आइरहनु भएको निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो । वहाँको दुखद निधन पछि मूल प्रवाह केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले समितिको तर्फबाट मृतक किसन बहादुर गुरुङको दुखद निधनप्रति भावपूणर् श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा सोकसबेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार