मूल प्रवाहको राष्ट्रिय सम्मेलन नजिकिदै जादा पंचकुलामा संगठन विस्तार

चंडिगढ, १६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठन विस्तार कार्य तथा प्रचारात्मक अभियान तिव्र गतिमा चलिरहेको सन्दर्भमा चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत सेक्टर ६ मा प्रचारात्मक अभियान अन्तर्गत सम्पन्न भेलाले टोल समिति गठन गरेको हो ।

महिला नगर संयोजक मायाँ आचार्यको पहलमा सम्पन्न उक्त भेलामा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्यले मूल प्रवाहको इतिहास तथा आठौं अखिल भारत सम्मेलन तथा नेपाली समाचार ग्राहक अभियान लगाएतका विषयहरुमा प्रकाश पार्नुभएको थियो ।

भेलाले सुरेश झेडी मगरको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ । जस्माः सचिव- सीता खनाल, कोषाध्यक्ष- उमा पांडेय, सदस्यमाः जनक पोखरेल, युवराज पांडेय, ढोल सिंह, रेणुका पांडेय, विमला बीसी, सरिता बीसी रहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार