मूल प्रवाहको पहलमा परिचय पत्रविहीन नेपालीलाई खोप लगाइयो

खिमराज चालिसे,

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरहरूमा परिचयपत्रविहीन नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पहल गरिरहेको छ । सोही सन्दर्भमा मार्च ५ तारिखमा राजस्थान राज्यको श्रीगंगानगरमा ३५ जना नेपालीलाई दोश्रो डोजको खोप लगाइएको छ ।

मूल प्रवाह श्रीगंगानगर नगर समितिको पहल तथा समाजसेवी शब्बीर खानको सक्रियता र चिफ मेडिकल एण्ड हेल्थ अफिसरको सहयोगमा नेपालीलाई दोश्रो खोप लगाइएको मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले बताउनु भएको छ ।

सो अवसरमा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रक्तिमका नगर संयोजक हुम बहादुर विक, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, महिला नगर संयोजक वसन्ता नेपाली, मूल प्रवाह नगर सचिव वसन्त भन्डारी, नगर कोषाध्यक्ष रेशम भन्डारी, सदस्य जागेस्वर न्यौपाने, सल्लाहकार सोनु केसी, महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, बाल संगठन संयोजक संजना भट्टराई, लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार