कसैले मूल प्रवाहको नाम भजाएर आफ्नो महत्वकांक्षा पुरा गर्न सक्दैन : केसी

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई कसैले टुक्रा पार्न चाहँदैमा पुरा हुन नसक्ने निर्वतमान अध्यक्ष तथा हालका वरिष्ट सल्लाहकार दुर्गा बहादुर केसीले बताउनु भएको छ । केसीले सो धारणा श्रीगंगानगर नगर समितिको आयोजनामा सम्पन्न आठौं अखिल भारत सम्मेलन सन्देश सभालाई सम्बोधनको क्रममा राख्नुभएको हो ।

‘क्रान्तिकारी राप र प्रतिवद्ध अनुशासनमा हुर्किएका कार्यकर्ताहरुको परिश्रमको अगाडि सबै खाले भ्रमहरु परास्त भएरका छन् ।’ केसीले भन्नु भयो- ‘मूल प्रवाहको नाम कसैले भजाएर आफ्नो चाहना पुुरा गर्ने साेंच राख्दछ भने त्यस्ता असमाजिक तत्वहरुको चाहानालाई पनि मूल प्रवाहका कार्यकर्ताहरुले देखाई दिनेछन् ।’ केसीले मूल प्रवाह सामान्य धक्का मुक्किले नहल्लिने र नटुट्ने बताउनु भएको थियो ।

‘आठौं अखिल भारत सम्मेलनमा भएको जनसहभागिता र प्रतिनिधित्वले नै पुष्टि गरिदिएको छकि, मूल प्रवाह, मूल प्रवाह नै हो ।’ फूटपरस्तहरुलाई कटाच्छ गर्दै केसीले भन्नु भयो- ‘नाम अर्कैको, नीति अर्कैको, लोगो, अर्कैको यहाँसम्मकी रजिष्टे्रशन नम्बर पनि अर्कैको अनि यस्ता मान्छेहरु क्रान्तिकारी ?’ आफ्नो नाम समेत राख्न नसक्नेहरुले आफैलाई भ्रमित पारेको केसीको थप भनाई थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सन्देश सभा तथा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलन र महिला दिवशको महत्वबारे गहकिला बिचार राख्दै बोल्ने वक्ताहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, नगर समितिका रेशम भण्डारी, खेल विभाग हरि न्यौपाने, महिला विभागकी कमला खड्का रक्तिम बिभागका हुम बहादुर विक लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम सुनिता भट्टराईको सञ्चालनमा तथा बसन्ता नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत हुम बहादुर विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार