फूटपरस्तहरुका सम्पुर्ण गतिविधिहरुलाई परास्त भएका छन् : सापकोटा

रोपड । फूटपरस्तहरुका सम्पूणर् गतिविधिहरुलाई परास्त गर्दै आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको समाजका केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले ८ मार्चका दिन रोपड नगर समितिको आयोजनामा सम्पन्न सन्देश सभा एवं ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको समारोहलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।

‘निहित महत्वाकांक्षालाई पालेर संगठनमाथि नै हमला गर्ने फूटपरस्त तत्वहरु चाहनालाई आठौं अखिल भारत सम्मेलनले नराम्रो गरि परास्त गरेको छ ।’ सचिव सापकोटाले भन्नु भयो- ‘फूटपरस्तहरुका सम्पूणर् गतिविधिहरुलाई परास्त गर्दै आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ ।’ मूल प्रवाहको गतिलाई कसैले रोक्न खोजेर नरोकीने समेत सापकोटाले बताउनु भयो । ‘साथीहरु सच्चिएर आउनु होला भन्ने सोंचेको थिएँ तर नियत मै खोट भए पछि त्यो आशा राख्नु नै गलत रहेछ’ सापकोटाले थप्नु भयो ।

सन्देश सभा तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे परिषद सदस्य मदन बहादुर थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य खगी थापा, नगर अध्यक्ष ओमप्रकाश सापकोटा, नगर विभागकी पुणर्कला सारु एरियाबाट टिकादेवी सापकोटा, राधिका सापकोटा, लालबहादुर थापा, भक्त बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम दुर्गा देवी लामिछानेको अध्यक्षतामा तथा हरिकला कडेलको सञ्चालनमा सम्पन्न भएको हो भने राधा ज्ञावलीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार