हिसार, १३ मार्च । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज झनझन लोकप्रिय बन्दै गईरहेको सन्दर्भमा पहाडका कुना कन्दरा तथा विकट बस्तीहरुमा पनि संगठन निर्माणको माग बढिरहेको सन्दर्भमा आज हरियाणाको लोहरुमा एरिया संगठन समिति निर्माण गरिएको हो ।
मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले लोहरुको रानी झाँसी लक्ष्मीबाई राजकीय बहु तकनिकी संस्थानमा आयोजित भेलामा मूल प्रवाहको विधान घोषणा-पत्र तथा देशको समसामयिक विषयहरुमा क्लास दिए पश्चात व्यापक छलफल गरि गठन गरिएको ९ सदस्यीय लोहरु एरिया संगठन समितिको अध्यक्षमा गुन बहादुर रास्कोटी, सचिव पाल सिंह पुन, कोषाध्यक्ष दान बहादुर कुँवर र सदस्यहरूमाः मिलन कुँवर, रामबहादुर कुँवर, गोबिन्द बहादुर गाहा, श्याम बहादुर रास्कोटी, दिपा कुँवर, मान कुमारी रास्कोटी रहनु भएको छ।
नवनिर्मित समितिलाई वधाइ एवं शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर र हिसार नगर सदस्य लाल बहादुर चुदाली लगाएत हुनुहुन्थ्यो । कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा दिपा कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।