आठौं राष्ट्रिय सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष हो- चन्द

चंडिगढ, १४ मार्च । आठौं अखिल भारत सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष भएको केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले बताउनु भएको छ । चन्दले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी तथा फोकलपाइन्ट नगर समितिको संयुक्त आठौं राष्ट्रिय सम्मेलन संदेश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।

सन्देश सभालाई मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, केन्द्रीय सल्लाहकार राजकुमार शाही, केन्द्रीय परिषद सदस्य अर्जुन कार्की र उदैसिंह चन्द, महिला क्षेत्रीय विभाग की विमला अधिकारी, रक्तिम बिभागका नारायण पोख्रेल र गोविन्द परियार, नगर समितिका विनोद सोनी, कृष्ण खनाल र महिला सदस्य निर्मला परियार लगाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम बल बहादुर केसीको अध्यक्षता तथा मान बहादुर आलेको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई कलाकार र भगत विकले गर्नुभएको स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रमको बिचबिचमा रक्तिम साँस्कृतिक कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार