चंडिगढ, १३ मार्च । अखिल भारत सम्मेलनले चुनौतीका विरुद्ध एकजुट हुन सिकाएको छ केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले नगर समिति रोपडद्धारा आयोजित मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सन्देश सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै बताउनु भएको हो ।
उक्त सभालाई सम्बोधन गर्दै गहकिला बिचार राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य मदन बहादुर थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य खगी थापा, दुर्गा लामिछाने, प्रजापति सापकोटा, नगर महिला विभाग की मंजु थापा, लाल बहादुर थापा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम ओमप्रकास सापकोटा को अध्यक्षतामा तथा बिल बहादुर गुरुङ को सञ्चालन र नन्दलाल सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो ।