जयपुरमा संयुक्त सन्देश सभा सम्पन्न

जयपुर, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

ओम थापाको अध्यक्षता र टंक थापाको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमलाई मुख्य अतिथिमा मूल प्रवाह, केन्द्रीय समितिका सदस्य मोहन गिरीले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै मू.प्र.के.स. वेल बहादुर रजाली, क्षेत्रीय सचिव र केन्द्रीय परिषद सदस्य नारायण ज्ञवाली, दीपा थापा (पेमा), क्षेत्री महिला विभागकी अध्यक्ष कल्पना थापाले अतिथि आसनग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनट मौनधारण पछि रिम रानाले स्वागत मन्तव्य दिनुभएको थियो ।

संदेश सभामा सम्पूणर् अतिथिहरू लगायत दिल बहादुर, मायां थापा, होम बहादुर सारू, गोपाल परियार, नारायण ज्ञवाली, विना थापा तथा सुनिता परियारले शुभ कामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार