मूल प्रवाहले प्रारम्भिक क्षतीपुर्ती सहित शव नेपाल पठायो

भिवानी, १९ मार्च । भारतको हरियाणा राज्यको भिवानी तोशाममा कार्यरत तथा १७ मार्चको दुर्घटनामा ज्यान गुमाएका बिमल बलायर वर्ष ४२ को शव मूल प्रवाहले मालिकबाट ५९२०० एम्बुलैंस, भाडा तथा संस्कार समेत विविध खर्च र १ लाख साठि हजार मृतकको पत्नीको खातामा पठाउने गरि दुईलाख उन्नीस हजार दुई सय प्रारम्भिक क्षतीपुर्ती सहित शवको पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गरेको छ ।

डोटि जिल्ला, शिखर नगर पालिका वार्ड नम्वर १० बनलेख, निवासी टेक बहादुर बलायरको छोरा बिमल बलायर वर्ष ४२ लाइ १७ मार्चको तेज रफ्तार टिप्पर ले मोटर साइकिल ठोक्कर मार्दा गम्भीर घाइते भएका थिए ।

उनको लाईफ लाईन अस्पताल हिसारमा उपचारको दौरानमा निधन भएको घोषणा पछि शवलाई सरकारी अस्पतालमा पोस्टमार्टमको लागि राखि नेपालमा परिवारसँग राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टको विषेश सहयोगमा सम्पर्क गरिएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, केन्द्रीय परिषद केहरसिंह घर्ती मगर, हिसार नगर सदस्य सुरेश क्षेत्री, लाल बहादुर चुदाली, बिष्णु गौतम, बिजय बलाल, भिवानी नगर समितिका सदस्य भुवन भण्डारी, चोप बहादुर पाण्डे, रामप्रसाद भण्डारी, सामाजिक कार्यकर्ता दिपक बोम ठकुरी लगाएतको उपस्थितिमा शव पोस्टमार्टम गराई मृतकका भाइ भिम बहादुर बलायर तथा परिवारिक सदस्यहरुलाई हस्तान्तरण गरि नेपाल पठाईएको छ ।

मृतकलाई प्रारम्भिक खर्च दुईलाख उन्नीस हजार दुई सय नेपाली बिमलले कामगर्ने मालिकसँगबाट दिलाए पछि ड्राइवर तथा टिप्पर मालिक विरुद्ध एफआइआर दर्ज गरिएको र थप क्षतीपुर्ती अदालती कार्यवाही अगाडि बढाउने सहमति भएको हिसारबाट तारा सोमरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार