चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिर बहादुर नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा खुट्टा भाँच्चिएका गिर बहादुरको आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेपछि मूलप्रवाहले १२ हजार आठ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
मूल प्रवाह नगर अध्यक्ष कमल सुवेदी, क्षेत्रीय सदस्य प्रेम रसाइली, नगर सचिव बाबुराम शर्मा, नगर सदस्य देविराम शर्मा, दुर्गा प्रसाद पन्थ र धन बहादुर खड्का लगाएत नेता कार्यकर्ताहरुले घाइतेलाई भेट गरी सहयोग रकम हस्तान्तरण गर्नु भएको हो।
प्युठान जिल्लाको मल्लारानी गाउँपालिका वार्ड नम्वर ४ निवासी ईमान सिंह नेपालीका छोरा ४१ वर्षीय गिरबहादुर गत मार्च २० तारिखमा हरियाणामा दुर्घटनामा परेका थिए ।