नेपालबाट भारतको जयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु

जयपुर । नेपालबाट भारतको जयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका निवासी २० वर्षीया सूरज रहेका छन् । ऊनी जयपुरको बनिपार्क क्षेत्रमा परिवार सहित बसोबास गर्दथे ।

नेपालको रामेछापबाट राजस्थानको जयपुरको लागि छुटेको बस ७ अप्रिल राती १ बजेतिर लखनउ आगरा हाईवेमा आगराको नजिकै आई पुग्दा अचानक डिवाइडरसँग ठोक्किँदा बस पल्टेको थियो ।

बसमा सवार अन्य यात्रीलाई सुरक्षित उद्धार गर्न सफल भएपनि सुरजलाई बसले च्यापिएको कारण निकाल्न नसक्दा दुःखद मृत्यु भएको कुरा बस सञ्चालकले बताए ।

दुर्घटनामा सूरजका बुबा, आमा र बैनी पनि घाइते भएका छन् र उनीहरुको उपचार भै रहेको छ । मृतक सूरजको आज ९ अप्रिलका दिन जयपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा अन्य विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि र आफन्तहरुको उपस्थितिमा दाह संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार