अबदेखि ३ महिना पूरा गरेकालाई बुस्टर खोप अबदेखि ३ महिना पूरा गरेकालाई बुस्टर खोप

English English Nepali Nepali

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ।

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएको हो।

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको ३ महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो।

मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार