मूल प्रवाहद्धारा रण बहादुर र ईश्वरालाई आर्थिक सहयोग

भटिण्डा । पंजावको भटिन्डामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुईजना बेग्ला बेग्लै आर्थिक बिपन्न विमारी व्याक्तीहरुको उपचारार्थ नेरु ७६ हजार आर्थिक सहयोग गरेको छ ।

गाउँ हुलुङ करेटी तृवेणी गाउँपालिका ३ जिल्ला रोल्पा निवासी रण बहादुर बिक वर्ष ६४ को दिमागी नसा सम्वन्धी रोगको उपचार करिब दुईवर्षदेखि चलिरहेको र लामो उपचार खर्च जुटाउन समस्या परिरहेका सन्दर्भमा पिडितको छोरी सँगिता नेपालीले रण बहादुरको लामो समयसम्म उपचार गराउँदा पनि निको नभएको तथा आर्थिक अभाव भएको निवेदन दिए पछि तत्काल मूल प्रवाका केन्द्रीय सदस्य नर बहादुर ओली, नगर उपाध्यक्ष टेक बहादुर केसी, सचिव तुल्सा थापा, कोषाध्यक्ष गिरी मगर नगर सदस्यहरु नारायण केसी र बालाराम जिसी लगाएतका नेता कार्यक्रताहरुको पहलमा नेरु ६८ हजार आर्थिक चन्दा संकलन गरि पिडित रण बहादुर बिकलाई सहयोग गरिएको छ ।

यसै गरि लामो समयदेखि (प्यारालाइसेस)को बिरामीद्धारा पिडित प्रेम बहादुर विककी श्रीमती ईश्वरी विकलाई पनि मूल प्रवाहको सोही नगर समितिले सहयोग संकलन गरि नेरु ८ हजार सहयोग गरेको छ । ईश्वरी बिक दाङ जिल्ला, राप्ती गाउँपालिका ७ सिशनिया निवासी तथा हाल पंजावको भठिंडामा उपचारार्थ रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार