दही र मह मिसाएर खानुको फाइदा

दही र मह एकसाथ सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दही र मह स्वस्थ शरीरको लागि उत्तम संयोजन मानिन्छ। दहीमा मह मिसाएर शरीरमा प्रोबायोटिकको काम गर्छ । यदि कसैले दहीमा मह मिसाएर खान्छ भने उसले धेरै फाइदा लिन सक्छ । गर्मीमा मानिसको पेट दुख्ने समस्या हुन्छ । जसका कारण धेरैलाई ब्लोटिंग, ग्यास, अपच र एसिड रिफ्लक्स जस्ता समस्याहरू सामना गर्नुपरेको छ। दही र मह खाँदा यस्ता समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

हड्डी बलियो बनाउँछ

दहीमा मह मिसाएर खाँदा हड्डी बलियो हुन्छ । हड्डी दुख्ने समस्या भएका व्यक्तिले दही र मह खाँदा फाइदा हुन्छ किनभने दहीमा प्रोटिन र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ ।

पाचन प्रणाली सुधार गर्दछ
दही र मह एकसाथ खाँदा पाचन प्रणालीलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ । दहीले पेटमा सङ्क्रमण हुनबाट पनि बचाउँछ । दहीमा जीवित ब्याक्टेरिया पाइन्छ, जसले पाचन प्रक्रियालाई छिटो बनाउँछ। मह खाँदा अपचको समस्या हट्छ । महमा राम्रो ब्याक्टेरिया पनि पाइन्छ, जसले गर्दा पाचन प्रणाली सधैँ स्वस्थ रहन्छ भन्ने विज्ञहरूको विश्वास छ । त्यसैले दहीमा मह मिसाएर खानु राम्रो हुन्छ ।
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

दहीसँग मह खानु प्रतिरक्षा प्रणालीका लागि फाइदाजनक हुन्छ । दही र मह दुवैमा भिटामिन सी पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।

प्रोटिनको राम्रो स्रोत

महमा ग्लुकोज र दहीमा प्रोटिन प्रशस्त हुन्छ । यदि तपाईं कसरत गर्नुहुन्छ भने व्यायाम पछि दही र मह तपाईंको लागि राम्रो विकल्प हुन सक्छ। यसले शरीरमा ऊर्जा दिन्छ र मांसपेशी रिकभरी हुन मद्दत गर्छ ।

तौल घटाउँछ

यदि तपाई पनि तौल बढेर हैरान हुनुहुन्छ भने दहीमा मह मिसाएर खाँदा तौल घटाउन सकिन्छ । दहीमा क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ जसले पेटको अतिरिक्त बोसो घटाउन पनि मद्दत गर्छ। दहीले शरीरमा बोसो घटाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार