चण्डीगढमा मूल प्रवाहले मनायो अन्तराष्ट्रिय श्रमिक दिवस

चंडिगढ । संसारका श्रमजिवी वर्गको हकहित र अधिकार कुण्ठित भईरहेको वर्तमान अवस्थामा मजदूरहरुको हक अधिकार रक्षाको लागि मई दिवसले वर्ग संघर्ष र मजदुर मुक्तिको आन्दोलनलाई थप वल मिलीरहेको धारणा व्यक्त गर्दै भारत व्यापी अन्तराष्ट्रिय मजदुर दिवशको कार्यक्रम सम्पन्न भएका छन्।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित चण्डिगढ नगर समितिको आयोजनामा १३३औं मजदुर दिवस कार्यक्रम सम्पन्न भएको छ ।

सभामा मजदुर आन्दोलनलाई वर्गिय आन्दोलन मार्फत वर्गविहिन समाजको निर्माणको बाटोमा डोर्याउनु पर्ने धारणा राख्दै सभालाई सम्वोधन गर्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवं नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, जनजाति विभागका थमन थापा, नगर सदस्य अर्जुन विक, महिला विभागकि मन्जु विक, लक्ष्मी अधिकारी, मधु सुवेदी, समता विभागका दुर्गा विक, विद्यार्थी संघका राम पन्थी, महिला विभागबाट मधु सुवेदी लक्ष्मी अधिकारी, मोहालीबाट चेतमान सुनार, सिटीबाट राजेन्द्र एमसी, मध्यसिटीबाट रुद्र अधिकारी वाल विभागका सन्दिप विक लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा तथा सहसचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनट मौनधारण पश्चात उपाध्यक्ष बालाराम न्यौंपानेले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार