जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ । सोही अवसरमा नगर समिति अन्तर्गत रहको विद्यार्थी नगर समिति पनि पुनर्गठन गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद सदस्यद्वय लक्ष्मण खड्का र शुष्मा खड्का, विद्यार्थी संघकी ऋतिका खड्का, गीतिका खड्का, नगर समितिका मधुकर भण्डारी, माधव खनाल, चन्द्र बस्याल र नेपाली एकता समाज भारतका चेतमान भणडारी लगायतले मई दिवसको सन्दर्भमा मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम जितमान थापाको अध्यक्षता, तिल बहादुर थापाको संचालन र लक्ष्मण केसीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।
सोही अवसरमा सम्पन्न विद्यार्थी नगर भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले गर्नुभएको थियो । वगालेले उद्घाटन मन्तव्यमा विद्यार्थीहरु नै समाज परिवर्तनको मूल सम्वाहक भएको बताउनु भयो । शिक्षासँग प्रत्यक्ष सहभागिता रहने विद्यार्थीहरुले सहि नीति र सिद्धान्तलाई पनि ठिकसँग पहिचान गर्नु आवश्यकता रहेको बगालेको भनाई थियो ।
नवगठित अखिल भारत नेपाली विद्यार्थी संघ जालन्धर नगर समितिको घोषणा लक्ष्मण खड्काले गर्नु भएको थियो । जस्माः अध्यक्ष रीतिका खड्का, सचीवमा लक्ष्मी परियार र कोषाध्यक्षमा विवेक सारु र सदस्यहरुमा क्रमशः रितिका खड्का, लक्ष्मी परियार, सन्तोषी परियार, अभिराज परियार, शिखर गाहा, विवेक सारु, सन्दीप बगाले, कविता थापा, अनिता सुनाम, विक्रम सुनाम, अन्जली थापा, मनिषा, दुर्गा वि.क., सुजन वि.क., पारस वि.क., लक्की गाहा, ज्ञानु दर्लामी, आशा परियार, आशीमा परियार, आस्था परियार, विजय बस्याल, रिदिमा आचार्य, समिक्षा आचार्य, सृजना थापा, मीना ए, मीना वि, दीपेन्द्र के.सी. नवीन रेश्मी, पुनम रेश्मी, कुलबिर सारु, मुस्कान खड्का, संगीता बोहरा, गीता नेपाली, मुस्कान बुढा मगर र मनु के.सी. रहनु भएको छ ।
त्यसै गरि बाल संगठनको घोषणा परिषद शुष्मा खड्काले गर्नुभएको थियो । जसमाः संयोजक- प्रकाश गाहा, सदस्यहरु क्रमशः चांदनी थापा, सोनु बुढा, मोनु बुढा, आदित्य परियार, शक्ति वि.क., विकास थापा, दुर्गा थापा, विनोद बगाले, राजन पाण्डे, वसन्त बगाले, माया किरण, कमला, सुशील बस्याल, सन्तोष बस्याल, सुरक्षा, सन्दीप बिष्ट र भावना घर्ती रहनु भएको छ ।
कार्यक्रममा केन्द्रीय बैकिल्पक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद लक्ष्मण खड्का, शुष्मा खड्का, विद्यार्थी ऋतिका खड्का, गीतिका खड्का, नगर समितिका मधुकर भण्डारी, माधव खनाल, चन्द्र बस्याल र नेपाली एकता समाज भारतका चेतमान भण्डारी लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।