रोपडमा एरिया भेला सहित सहित श्रमिक दिवश मनाइयो

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित रोपड नगर समितिमा एरिया भेला र कार्यक्रता सम्मान समारोह सहित १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न गरिएको छ ।

मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा मजदुर आन्दोलनको महत्व, श्याम बहादुर मल्लको नगरमा योगदान लगाएतका विषयहरूमा व्यापक चर्चा गर्दै नवनिर्वाचित सिटी एरिया समितिको प्यानल पनि अध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।

नवनिर्वाचित २१ सदस्यीय सिटि एरिया समितिमा अध्यक्ष- बसन्त बहादुर थापा, उपाध्यक्ष- टेक बहादुर महत, सचिव- मिनु बानिया, सहसचिव- बिष्णु थापा, कोषाध्यक्ष- रामचन्द्र शर्मा र सदस्यहरुमाः तिल बहादुर थापा, कल्पना सुनार, लक्ष्मी सुनार, लीला राना, गंगा शर्मा, लक्ष्मी भट्ट, भक्त बहादुर राना, सुनिता राई, तारा देवी, कमला वोहरा, शुष्मा बोहरा, उमादेवी, कलावती महत र सिता सुनार रहनु भएको छ ।

कार्यक्रममा मन्तव्य सहित शुभकामना दिने वक्ताहरुमा केन्द्रीय परिषद सदस्यहरु छबिलाल सापकोटा, बिल बहादुर गुरुङ र मदन थापा, महिला सुदुर पश्चिमोत्तर क्षेत्रीय संयोजक सिता सापकोटा, श्याम बहादुर मल्ल, शिवलाल लामिछाने, राजेन्द्र गिरी, तिल बहादुर थापा, लालबहादुर थापा, प्रतिक्षा थापा लगाएत हुनुहुन्थ्यो ।

सोहि कार्यक्रममा मूल प्रवाहको संगठनमा वर्ष १९८९ देखि सक्रियता पुर्वक काम गर्दै आउनु भएका श्याम बहादुर मल्ललाई जागिरबाट सेवानिवृत्त भएपछि आजसम्मको योगदानको लागि मूल प्रवाह रोपडले सम्मान गरेको थियो ।

कार्यक्रम रामचन्द्र शर्माको अध्यक्षतामा भक्त बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत बिष्णु थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार