जालन्धरमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजना २०५ औ मार्क्स दिवशको कार्यक्रम सम्पन्न गरिएको छ ।

संसारभरका साम्राज्यवादी तथा प्रतिक्रियावादीहरु समेत मार्क्सको नाममा अवसरवादीहरुबाट मार्क्सवाद माथी भईरहेको हमलाको वर्तमान परिवेशमा मार्क्स दिवशको महत्व बारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, नगर समितिकी गीता गुरुङ, मीना गाहा, संजित बस्याल, रितिका खड्का, गीतिका खड्का, विवेक सारु, गौरव गुरुङ, बब्ली बस्याल लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम जीतमान थापाको अध्यक्षतामा तथा लक्ष्मण खड्काको संचालन र शुष्मा खड्काको स्वागत मन्तव्यबाट शुरुभएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार