दलबहादुर सोनीप्रति भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नगर समिति नारनौलका उपाध्यक्ष एवं भूतपूर्व अध्यक्ष दलबहादुर सोनीको असामयिक निधन भएको छ । ६० वर्षीय दलबहादुर सोनी ब्रेन हैमरेज भै रेवाडीको जैन स्कूलको सामनेस्थित शीला मल्टीस्पेशलिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । आज विहान उहाँको निधन भएको हो । उहाँको परिवारमा श्रीमती, एक छोरा, बुहारी, नाती, तीनवटी छोरीहरु हुनुहुन्छ । अछाम जिल्ला पुख्र्यौली घरभई पछी पाल्पा जिल्लामा र त्यसपछि रुपन्देहीको भलवाडी क्षेत्रमा सर्नु भएका दल बहादुर सोनी हरियाणाको नारनौलमा स-परिवार रहँदै आउनु भएको थियो ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनाल र मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष वेल बहादुर रजालीले मृतक दलबहादुर सोनीको निधनले संगठनलाई अपूर्णीय क्षेति पुगेको बताउनु भएको छ । केन्द्रीय अध्यक्ष खनाल र क्षेत्रीय अध्यक्ष रजालीले छुट्टाछुट्टै शोक व्यक्तव्य जारि गरि मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्यधारणको कामना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार