मूल प्रवाहद्वारा ट्युमरपीडित योगराजलाई ५५ हजार सहयोग

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले ट्युमर पीडित योगराज सापकोटालाई सहयोग गरेको छ।

मूलप्रवाह नगर सदस्य नारायण सापकोटा र महिला नगर विभाग सदस्य मन्जु सापकोटाका छोरा २८ वर्षीय योगराजको उपचारका लागि मूल प्रवाहले ५५ हजार ३१२ रुपैयाँ सहयोग गरेको हो ।

योगराज गत दुई वर्षदेखि ट्यूमर पीडित भएको र उहाँको उपचारमा करिव १३ लाख भारु खर्च भइ सक्दासमेत निको हुन नसकेको परिवाले बताएका छन् । पुनः अस्पतालमा भर्ना भएका योगराजलाई मूलप्रवाह संगरुरले सहयोग गरेको हो ।

बाग्लुङ जिल्लाल्लाको बागलुङ नगरपालिका ५ बान्द्रे , निवासी सापकोटा परिवार पञ्जाब राज्यको संगरुरमा बस्ने र मजदुरी गर्ने गरेको मूल प्रवाहका नगर अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार