मृतकको श्रीमतीलाई मूलप्रवाहले नगद, मोवाइल र डाक्युमेंट हस्तान्तरण गर्यो

English English Nepali Nepali

चंडिगढ । भारतको हरियाणा राज्यको हिसारमा केहि महिना पहिला निधन भएका दामोदर थापा वर्ष ४५ को महत्वपूणर् कागजपत्रहरु, मोवाइल तथा नगदी उनको श्रीमति गोमा थापालाई नेपालमा हस्तान्तरण गरिएको छ ।

मूल प्रवाह का केन्द्रीय सचिव त्रिभुवन भट्टराई र वैकल्पीक सदस्य रामचन्द्र पौडेलले दाङमा एक मोवाइल सेट, महत्वपूणर् कागजपत्रहरु र नगद भारु. २५३० श्रीमती गोमा थापालाई हस्तान्तरण गरेको जानकारी केन्द्रीय सचिव त्रिभुवन भट्टराईले दिनुभएको छ ।

मृतक दामोदर थापाक रोल्पा जिल्ला रुम्टागढि गाउँपालिका वार्ड नम्वर ५ दुवीडाडा निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार