बहराइन नेपाली एकता समाजको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

  • अध्यक्षमा धन बहादुर काकी, महासचिवमा देबनारायण पोख्रेल
  • बहराइन । बहराइन नेपाली एकता समाजको सातौं राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । धन बहादुर कार्कीको अध्यक्षता, दल बहादुर गाहको सञ्चालन र धन बहादुर ठेंगाको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सम्मेलनको उद्घाटन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देबनारायण पोख्रेलले गर्नुभएको थियो ।

    पोखरेलले विषम परिस्थितिमा सम्पन्न यस सातौं राष्ट्रिय सम्मेलनको ऐहिसाँसिक महत्व रहेको बताउनु भएको थियो । ‘सिंगो संगठनलाई छिन्नभिन्न पार्न खोज्ने संगठन विरोधी तत्वहरुको चाहानालाई परास्त गर्न बहराइन नेपाली एकता समाज सफल भएको छ ।’ पोखरेलले भन्नु भयो- ‘संगठनको अनुशासनलाई मानेर नै संगठनको गरिमालाई उचाईमा राख्न सकिन्छ, त्यसैले सम्पुर्ण स्तरका कार्यकर्ताहरुले संगठनको गरिमालाई प्रतिस्ठित र उँचा राख्नु पर्ने आवश्यक छ ।’

    सम्मेलनद्वारा १५ पूणर्, १ बैकल्पिक र ३ सल्लाहकार गरि १९ उन्नीस सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ छ । जसमाः अध्यक्ष- धन बहादुर कार्की, उपाध्यक्ष- एलबि राना, बिस्नु ठकुरी, धन बहादुर ठेगा, महासचिव- देबनारायण पोख्रेल, सचिव- जङु चौहान, कोषाध्यक्ष- पृथ्वी कुमाल, सहकोषाध्यक्ष- देब बहादुर थापा रहनुभएको छ । त्यस्तै सदस्यमाः नर बहादुर जिसि, भिम बहादुर गाहा, बेद बहादुर ठाडा, टेकप्रसाद राई, कमल विक, उदयराज मल्ल, प्रेम मगर, वैकल्पिक सदस्यमाः प्रभा चौधरी, सल्लाहकारमा सञ्जु लामा, लाल बहादुर गिरी र बरिस्ठ सल्लाहकारमा दल बहादुर गाहा रहनु भएको छ ।

    सोही अवसरमा बहराइन नेपाली एकता समाज अन्तर्गत बिस्नु ठकुरीको अध्यक्षतामा सात सदस्यीय महिला बिभगको पनि पुनर्गठन गरिएको छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देबनारायण पोख्रेल, संस्थापन सदस्य एल बि राना, महिला समितिबाट विष्नु ठकुरी, रक्तिम परिवारबाट जङु चौवान, खेलकुद समितिबाट उदयराज मल्ल, समाज सेबि सुदुरपश्चिम समाज र स्याङ्जा समाजका प्रतिनिधिले पनि नबनिर्बाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । बीच बिचमा रक्तिम परिवारका कलाकारहरुले गित नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार