चंडिगढ । प्युठान जिलाको झिमु्रक गाउँपालिका वार्ड नम्वर ७ निवासी वर्ष २३ की रबिना सुनार लापत्ता भएकी छिन् । रबिनाका घर परिवारले सोही गाउँपालीका एवं सोही वडाको कुता निवासी लटे सुनारका २५ वर्षीय छोरा आईते सुनारले लगेको आरोप लगाउँदै खोजी तलासीको लागि अपिल गरेको छ ।
श्रीमान किसन बिकले आईते सुनार र रबिना सुनार दुबैजना भारतको पंजाब तिर भागेर गएको हुन सक्ने शंका समेत गरेका छन् । उनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति समक्ष खोजी तलासीका लागि अपिल समेत गरेका छन् ।
उनीहरु दुबैजना भेटिएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा श्रीगंगानगरमा त्रिभुवन भट्टराई +919414948790 लाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।